माईक मटास: नयाँ पुस्ताको डिजिटल किताब
-
0:00 - 0:02विगत डेढ बर्ष देखि,
-
0:02 - 0:04पुस पप प्रेस मा मेरो टोली
-
0:04 - 0:06र चार्ली मल्चर तथा मल्चर मिडिया
-
0:06 - 0:08पहिलो पूर्ण लम्वाईको पारस्परिक क्रियात्मक पुस्तक
-
0:08 - 0:10सिर्जनामा काम गरिरहेका छौं|
-
0:10 - 0:12"आवर च्वाइस" भन्ने पुस्तक हो
-
0:12 - 0:14र अल गोर यसका लेखेक हुन |
-
0:14 - 0:16यो "एन इन्कन्भेनियन्ट ट्रुथ" को शिलशिला हो
-
0:16 - 0:18र यसले वातावरणीय विपतलाई हल गर्ने
-
0:18 - 0:20उपायहरूको खोजी गर्छ|
-
0:20 - 0:23किताब यसरी खुल्छ| यो कभर हो|
-
0:24 - 0:26पृथ्वी घुम्दै गर्दा,
-
0:26 - 0:28हामी हाम्रो स्थान देख्न सक्छौं|
-
0:28 - 0:31त्यसपछि हामी किताब खोल्न सक्छौं
-
0:31 - 0:33र पढ्नको लागि
-
0:33 - 0:35पाठहरु पल्टाउन सक्छौं |
-
0:36 - 0:39अथवा, किताबको पानालाई यसरी तलबाट पनि सार्न सकिन्छ|
-
0:40 - 0:42र यदि हामीले कुनै पेजलाई ठूलो पार्न चाह्यौं भने,
-
0:42 - 0:44यसरी खोलिहाल्न सकिन्छ|
-
0:44 - 0:46अनि किताबमा देखिने कुनै पनि कुरा,
-
0:46 - 0:48तपाईं दुई औंलाको सहायताले
-
0:48 - 0:50यसरी पानाबाट उठाएर
-
0:50 - 0:52खोल्न सक्नु हुन्छ|
-
0:52 - 0:54र यदि तपाईं पुन:
-
0:54 - 0:56किताब पढ्न चाहनु हुन्छ भने,
-
0:56 - 0:59यसलाई पट्याएर पहिलेकै पानामा राख्नुस|
-
1:00 - 1:03अनि यसले पनि त्यसरी नै काम गर्छ; यसरी उठाउनुस र खोल्नुस|
-
1:03 - 1:05(अडियो) अल गोर: म आफुलाई
-
1:05 - 1:07त्यस्ता बहुसंख्यक मान्छेहरुको बीचमा पाउँछु
-
1:07 - 1:09जसले वायुघट्टहरू हेरेर ठान्छन कि
-
1:09 - 1:11तिनीहरू हाम्रो प्रकृतिका गहना हुन्|
-
1:11 - 1:13माइक माटास: अनि यो पुरै पुस्तक भरि
-
1:13 - 1:16अल गोरले फोटोहरुको बारेमा बताउदै अघि बढाउने छन् |
-
1:16 - 1:19यो फोटोलाई तपाईंलेपारस्परिक क्रियात्मक नक्शामा पनि हेर्न सक्नु हुन्छ |
-
1:20 - 1:23यसलाई ठूलो पार्नुस र हेर्नुस् कहाँ खिचेको फोटो थियो यो|
-
1:25 - 1:27अनि यो किताब भरिमा
-
1:27 - 1:29एक घण्टा भन्दा बढिको वृतचित्र का टुक्राहरु
-
1:29 - 1:31र पारस्परिक क्रियात्मक एनिमेशन छ|
-
1:31 - 1:34तपाईं यसलाई खोल्न सक्नु हुन्छ|
-
1:34 - 1:37(अडियो) अल गोर: धेरैजसो आधुनिक हावाले चल्ने घट्टहरूले ठूलो ...
-
1:37 - 1:39माइक: यो तुरुन्त बज्न सुरु गर्छ|
-
1:39 - 1:42अनि यो बज्दै गर्दा, यसलाई उठाएर यहाँ पेजको माथि यसरी राख्न सकिन्छ,
-
1:42 - 1:44र यो चाहिं यसरी नै चलिरहन्छ|
-
1:44 - 1:47अथवा यस्लाई हामी सानो पारेर यहाँ तल विषय सुचीमा पनि राख्न सकिन्छ,
-
1:47 - 1:50फेरि पनि भिडियो चली नै रहन्छ|
-
1:52 - 1:54तर यो किताबका सबैभन्दा राम्रा पक्षहरुमा
-
1:54 - 1:56पारस्परिक क्रियात्मक तथ्यांक-चित्र पर्छन|
-
1:56 - 1:58यसले अमेरिका भरि
-
1:58 - 2:00वायु उर्जा क्षमता कति छ भन्ने देखाउछ|
-
2:00 - 2:03तर मात्र जानकारी दिनुको अतिरिक्त
-
2:03 - 2:06हामीले औंलाको सहायताले अरु कुरा खोज्न सक्छौं,
-
2:06 - 2:08र हरेक राज्यमा
-
2:08 - 2:10ठ्याक्कै वायु उर्जाको क्षमता कति छ हेर्न सक्छौं|
-
2:10 - 2:13हामी जियोथर्मल उर्जा
-
2:15 - 2:17र सौर्य उर्जाको बारेमा थाहा पाउन पनि त्यस्तै गर्न सक्छौं|
-
2:23 - 2:25यो मेरो एकदम मन पर्ने कुरा हो|
-
2:25 - 2:28यसले देखाउछ...
-
2:30 - 2:34(हाँसो)
-
2:34 - 2:36(ताली)
-
2:36 - 2:38जब हावा चल्छ,
-
2:38 - 2:41वायु घट्ट बाट भएर आएको थप उर्जा
-
2:41 - 2:43ब्याट्रीमा जान्छ|
-
2:43 - 2:45अनि जब हावा सुस्त हुदै जान्छ,
-
2:45 - 2:47उक्त थप उर्जा घरभित्र जान्छ--
-
2:47 - 2:50बत्तीहरू कहिल्यै निभ्दैनन|
-
2:53 - 2:56अनि यो पुरा किताब, आइप्याडमा मात्र होइन,
-
2:56 - 2:59आइफोनमा पनि चल्छ|
-
2:59 - 3:01यसरी तपाईं बैठक कोठामा बसेर आइप्याडमा पढ्न सुरु गर्न सक्नु हुन्छ
-
3:01 - 3:03अनि आइफोनमा पढेर जहाँ छोड्नु भएको थियो त्यहीबाट अघि बढ्न सक्नु हुन्छ|
-
3:03 - 3:05र दुवैमा ठ्याक्कै त्यसरी नै काम गर्छ|
-
3:05 - 3:07औलाले कुनै पेजलाई समाउन सक्नु हुन्छ|
-
3:07 - 3:09यसलाई खोल्नुस|
-
3:23 - 3:25र यो पुस पप प्रेसको पहिलो शिर्षक,
-
3:25 - 3:27अल गोरको "आवर च्वाइस" हो|
-
3:27 - 3:29धन्यबाद|
-
3:29 - 3:37(ताली)
-
3:37 - 3:40क्रिस एन्डरसन: त्यो हेर्नलायक छ|
-
3:40 - 3:42तपाईं आफै प्रकाशक बन्न चाहनुहुन्छ
-
3:42 - 3:44या अरुलाई यसको अनुमति दिनुहुन्छ?
-
3:44 - 3:46यसको व्यावसायिकता के हो?
-
3:46 - 3:48के यसमा अरुहरुले गर्न सक्ने केही छ?
-
3:48 - 3:50माइक: हो, हामीहरुले उपकरणहरू निर्माण गरिरहेका छौँ
-
3:50 - 3:53जसले प्रकाशकहरूलाई तत्कालै यी सब सामग्री तयार गर्न सजिलो बनाउछ|
-
3:53 - 3:55त्यसैले मल्चर मिडियाको टोलीले, जो अमेरिकाको पुर्वी भागमा छ --
-
3:55 - 3:58हामी पश्चिमी भागमा छौं, सफ्टवेयर बनाउँदै--
-
3:58 - 4:00हाम्रो सामग्री लैजान्छ
-
4:00 - 4:03र, हरेक दिन, चित्र र शब्दमा समावेश गर्छ|
-
4:03 - 4:06एन्डरसन: त्यसोभए तपाईं यो सफ्टवेयरको लाइसेन्स प्रकाशकहरुलाई
-
4:06 - 4:08यस्तै राम्रा किताबहरू बनाउन दिनुहुन्छ? (माइक: हो|)
-
4:08 - 4:10ल त माइक, धेरै धेरै धन्यवाद|
-
4:10 - 4:12माइक: धन्यवाद | ( एन्डरसन: शुभ होस्)
-
4:12 - 4:14(ताली)
- Title:
- माईक मटास: नयाँ पुस्ताको डिजिटल किताब
- Speaker:
- Mike Matas
- Description:
-
सफ्टवेयर निर्माणकर्ता माइक मटासले पहिलो एउटा एकदमै नयाँ, सार्न सकिने भिडियो र चित्रहरू अनि चलाएर हेर्न मिल्ने उपयोगी तथ्यांक सहितको पूर्ण लम्वाईको पारस्परिक क्रियात्मक पुस्तक प्रदर्शन गर्नु हुन्छ| यो अल गोरको "एन इन्कन्भेनिएन्ट ट्रुथ" को शिलशिलामा आएको "आवर च्वाइस" भन्ने पुस्तक हो|
- Video Language:
- English
- Team:
closed TED
- Project:
- TEDTalks
- Duration:
- 04:14